लालमटिया महोत्सवमा राैनक थपिदै, चर्चित गायक पशुपति शर्मा र मञ्जु भट्टराईले दर्शक नचाए



लालमटिया महोत्सवमा राैनक थपिदै, चर्चित गायक पशुपति शर्मा र मञ्जु भट्टराईले दर्शक नचाए

भालुवाङ १४ चैत । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियाको टुडिखेलमा सञ्चालित  राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ मा चर्चित लोक दोहोरी गायक पशुपति शर्माले दर्शकलाई छमछमी नचाएका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा शुक्रबार देखि सुरू भएको महोत्सवमा सोमबार चाैथो दिन गायक शर्माले दर्शकलाई आफ्ना चर्चित गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

ढिला गरि मञ्चमा छिरेका गायक शर्माले राति करिव ७:३० बजे सम्म गित गाएका थिए । साँझको शितलमा गित गाउन सुरू गरेका गायकलाई कति बेला रात परेको थाहै भएन । उनले ‘मेरो माया बसेको ठाउँमा’, ‘मलाई जापान पनि यही’, ‘आमालाई कोसेली कान्छी बुहारी’ लगायतका ६ वटा बढी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेको महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

शर्माका चर्चित गितहरूले दर्शक माझ पुगेका शर्मालाई हुटिङ गर्दै नाचेर दर्शकहरूले साथ दिएका थिए । त्यसै गरि महोत्सवमा गायिका मञ्जु भट्टराईले मायाले जाम भन्छ रेलमा, सुनको बाला लगायतका आफ्ना विभिन्न गित मार्फत दर्शकहरूलाई छमछमी नचाएकी थिइन् ।

भने गायिका तथा उद्घोषक राशी रिजाल, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

सोमबार चाैथो दिन करिव २ हजार ५ सय दर्शकले महोत्सव अवलोकन गरेका थिए भने करिव १ लाख बराबरको कारोबार भएको महोत्सवका आर्थिक संयोजक श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै बीच महोत्सवमा पाँचाै दिन चैत १५ गते मंगलबार चर्चित लोक दोहोरी गायक कृष्ण रेउले, गायिका कल्पना अर्याल, हास्य कलाकार पुर्खे बा, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बराल, उद्घोषक अनुप बुढाका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे