लालमटिया महोत्सवमा आज चर्चित लोक दोहोरी गायक पशुपती शर्मा आउँदै



लालमटिया महोत्सवमा आज चर्चित लोक दोहोरी गायक पशुपती शर्मा आउँदै

भालुवाङ १४ चैत  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती  चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा आज सोमबार चर्चित लोक दोहोरी गायक पशुपती शर्मा आउन लागेका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा गत चैत ११ गते बाट सुरू भएको महोत्सवमा गायक शर्मा सँगै गायिका मञ्जु भट्टराई, गायिका तथा उद्घोषक राशी रिजाल, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे