देउखुरीमा जिप र मोटरसाइकल ठोक्किदा २ जना घाइते



देउखुरीमा जिप र मोटरसाइकल ठोक्किदा २ जना घाइते

दाङ, ११ चैत । दाङमा पिकअप जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक लमही नगरपालिका ८ सतबरियाका ३० वर्षिय डम्बर वली र मोटरसाइकलमा सवार सोही ठाउँका २२ बर्षिय शंकर वली रहेको प्रहरीले बताएको छ ।

शुक्रबार दिउँसो सवा १ बजे लमही नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ७५५९ नं को मोटरसाइकल र पूर्वतर्फ जाँदै गरेको ग २ च२६६३ नंको जिप एकआपसमा ठोकिएको पहरीको भनाई छ । घाइते दुबै जनाको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे