लमही नगरपालिकाकाे निर्णय प्रति देउखुरी उद्योग वाणिज्य संघकाे आपत्ती



लमही नगरपालिकाकाे निर्णय प्रति देउखुरी उद्योग वाणिज्य संघकाे आपत्ती

लमही ११ चैत । देउखुरी उद्योग वाणिज्य संघ लमहीले व्यवसायी दर्ता एवम् नविकरणको लागि लमही नगरपालिकाले गरेको निर्णयमा सहभागि नहुन नगर क्षेत्रका सम्पूर्ण व्यवासायीलाई विज्ञप्ती मार्फत आह्वान गरेको छ ।

शुक्रवार वाणिज्य संघले संघका अध्यक्ष खगेश्वर खनाल र महासचिव लेखराज केसीको हस्ताक्षर सहितको विज्ञप्ती मार्फत नगरपालिकाले गरेको निर्णयमा सहभागि नहुन आह्वान गरेको हो । लमही नगरपालिकाले नगरभित्र व्यवसायी दर्ता एवम् नविकरणको लागि गरेको सुचना प्रति यस देउखुरी उद्योग बाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा भनिएको छ।

यस लमही नगरपालिकाको राजस्व परामर्श समितिलाई देउखुरी उद्योग वाणिज्य संघले पटक-पटक व्यवासायी दर्ता एवम् नविकरण सम्बन्धी दिएको सुझावलाई व्यवास्ता गर्दै र एकल निर्णय गरेको हुँदा उक्त नगरपालिकाको निर्णयमा नगरका कुनै पनि व्यवसायी सहभागि नहुन देउखुरी उद्योग बाणिज्य संघले सम्पूर्ण व्यवासायीलाई यसै विज्ञप्ती मार्फत आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे