दाङमा एक पुरुष तालको किनारमा मृत फेला



दाङमा एक पुरुष तालको किनारमा मृत फेला

दाङ ११ चैत । दाङमा एक जना पुरुषको शव  फेला परेको छ । घोराही उपमहानगरपालिका २ बलरामपुर निवासी ५० वर्षिय जितबहादुर चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

मृतक चौधरीको शवलाई प्रहरीले आज बिहान सवा ८ बजे तालको किनारमा फेला पारेको हो । बिहीबार दिउँसो १२ बजेको समयमा भैंसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तीले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

उनको मानव निर्मित गौरीशंकर तालमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे