दाङमा सासुको हत्या गर्ने बुहारी पक्राउ



दाङमा सासुको हत्या गर्ने बुहारी पक्राउ

दाङ १० चैत । सासुको हत्या गरेको आरोपमा पश्चिम दाङमा बुहारी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । बुहारी जमुनाले हसीयाँ र चक्कुले प्रहार गरेर ६५ बर्षकी सासु गंगी कवँरको हत्या गरेको भन्दै बिहीबार बयान दिएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला पर्नुभएकी गंगीको हत्या भएको निकर्षमा प्रहरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो । घटनाको दिनदेखि नै अनुसन्धान थालेको प्रहरीसामु बुहारीले आफुले नै हत्या गरेको स्वीकार गरेका हुन् ।

मसुरो काटन् खेतमा गएको मौका छोपेर बुहारीले हत्या गरेको प्रहरीले बताएको छ । रोजगारीको सिलसीलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मनमुटाव बढ्दै गएको थियो । ‘सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चुक्क लिएर गएकी बुहारीले आक्रमण गरेर सासुको हत्या गरिन् ।’ ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नविन चुडालीले भने । घटना बिहान ९ बजे भएपनि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे