दाङमा दुई ग्राम लागुऔषध खैरो हिरोईन सहित तीन जना पक्राउ



दाङमा दुई ग्राम लागुऔषध खैरो हिरोईन सहित तीन जना पक्राउ

दाङ १० चैत । दाङ प्रहरीले दुई ग्राम लागुऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार पौने सात बजे घोराही उपमहानगरपालिका १५ जिल्ला अदालत नजिक रहेको पार्वती नास्ता पसलबाट दुई ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

घोराही उपमहानगरपालिका १५ काठेकोल निवासी २८ वर्षिय विक्रम चौधरी, वडा नं. १७ निवासी २५ वर्षिय सुनिल विक, वडा नं. १४ निवासी २१ वर्षिय सुशिल एरी पक्राउ परेका छन् । लागुऔषध कारोबार भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिए गएको प्रहरी टोलीले तीनै जनालाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट दुई ग्राम लागुऔषध खैरो हिरोईन तथा तीन थान मोबाइल बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-१ को ३(क) ले परिभाषित कसुरमा परिच्छेद २(४) घ, ङ र च कसुर अपराधमा परिच्छेद ३ को दफा १४(छ) (१) मा उल्लेख भए अनुसारको लागु औषध कारोबार कसुरमा सजाय हुने प्रवक्ता रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे