प्रेस चाैतारी राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन



प्रेस चाैतारी राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन

भालुवाङ १० चैत । प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् ।

आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् सो संगठन विस्तार गरिएको हो ।

जसको सचिवमा माधव खनाल चयन भएका छन् । भने सदस्यहरूमा हुमा सुनार, रेश्मा केसी, लक्ष्मण रोका मगर, सुरेश चाैधरी, सागर चाैधरी, शोभा चाैधरी,सैना चाैधरी, लक्ष्मी पोख्रेल, दिलबहादुर पुन मगर, प्रज्वल ज्ञवाली, मनोज चाैधरी र राजन चाैधरी रहेका छन् । नव निर्वाचित पदाधिकारीहरूलाई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेतले सफथ खुवाएका थिए ।

चाैतारी दाङका अध्यक्ष इन्द्र डिसी अध्यक्षता एवम् चाैतारीका केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सत्य तथ्य र निश्पक्ष समाचार प्रकाशन तथा प्रसारण गर्न सुझाव दिएका थिए ।

त्यसै गरि उनीहरूले सञ्चार क्षेत्रको विकासका लागि पत्रकार उत्पादन गर्नुपर्ने सुझाव दिएका थिए । त्यसै गरि उनीहरूले आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउन जोस जागरका साथ कलम चलाउन पनि आग्रह गरेका छन् ।

चाैतारीका जिल्ला सदस्य विरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, चाैतारीका लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नेकपा एमाले राप्ती गाउँपालिका ४ नम्बर वडा कमिटी अध्यक्ष प्रेमबहादुर केसी, पार्टीका सचिवालय सदस्य यमबहादुर चाैधरी, पार्टीका ३ नम्बर वडा कमिटी अध्यक्ष हेमराज भण्डारी, पार्टीका राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी न्या‌ैपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चाैतारीकी जिल्ला सदस्य अंशु बोहराले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे