पल शाह विरुद्धकाे अनुसन्धान सकियाे, फाइल सरकारी वकिल कार्यालयमा



पल शाह विरुद्धकाे अनुसन्धान सकियाे, फाइल सरकारी वकिल कार्यालयमा

तनहुँ ७ चैत । नाबालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज साेमवार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धानकाे काम प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए ।

भर्खरै कागजात रुजु गर्ने काम भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताउनुभयो । प्रहरीले गर्नुपर्ने अनुसन्धानमा केही छुटेको भए फेरि प्रहरी कहाँ पठाउनुपर्छ, यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग बनाएर अदालतसमक्ष पेस गरिने छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे