रुकुम पश्चिममा मिनिट्रक दुर्घटना : एक जनाको मृत्यु, एक वेपत्ता



रुकुम पश्चिममा मिनिट्रक दुर्घटना : एक जनाको मृत्यु, एक वेपत्ता

दाङ ७ चैत । रुकुम पश्चिममा वानटेस्ट मिनीट्रक दुर्घटना दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आठबिसकोट नगरपालिका ६ मनकाबगरबाट गोतामकोट स्थित डोल्पा जिल्लाको खदाङ तर्फ जादै गरेको वानटेस्ट मिनिट्रक सोमवार विहान १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । खुद्रा समान लोड गरेको ट्रक झन्डै एक सय मिटर तल भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिम आठबिसकोट नगरपालिका ६ बस्ने २२ बर्षिय धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ भने सोहि ठाउँका अन्दाजी २३ बर्षिय अनिल बि.क वेपत्ता भएको प्रहरीले बताएको छ ।वेपत्ता भएका विकको खोजी कार्य भईरहेको छ ।प्रहरीका अनुसार ट्रक चालक सुर्खेत बराहताल गाउँपालिका ३ बस्ने २६ बर्षिय जित बहादुर बिष्ट र ट्रकमा सवार रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ बस्ने बस्ने १७ बर्षिय मोहन ओली घाईते भएका छन् । उनीहरुलाई थप उपचारका लागी बाँकेको नेपालगन्ज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे