दाङका उल्टो पैदलयात्री ऋषि परियारलाई भालुवाङ र लालमटियामा भव्य स्वागत



दाङका उल्टो पैदलयात्री ऋषि परियारलाई भालुवाङ र लालमटियामा भव्य स्वागत

भालुवाङ २८ फागुन । झापाको मेची पुलबाट उल्टो हिडाई शुरु गर्नु दाङका ऋषि परियार शनिवार ४३ औं दिनमा दाङ देउखुरीको राप्ती गाउँपालिका आई पुग्नु भएको छ । गत माघ १५ गते झापाको काकडभिट्टाबाट उल्टो यात्रा शुरु गरेका परियार शनिवार विहान राप्ती गाउँपालिका क्षेत्रमा आइपुग्नु भएको हो । राप्ती गाउँपालिकाको भालुवाङमा परियारलाई विभिन्न संघसंस्था, व्यापारी तथा स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।यस्तै लालमटियामा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता र समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले पनि स्वागत गर्नु भएको थियो । त्यसै गरि परियारलाई सडककै भरि स्थानीयहरुले स्वागत तथा सम्मान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ घर भएका परियारले स्वास्थ्यका लागि हिड्नुपर्छ भन्ने सन्देश दिन मेची महाकाली उल्टो पैदल यात्रा थालेको बताउनु भयो । स्वास्थ्यका लागि दैनिक केही घण्टा हिडौ भन्ने र नेपाललाई बिश्वमा चिनाउनका लागि पनि यात्रा गरेको उहाँले बताउनु भयो । परियार नेपाली पोशाकमा यात्रा गर्दै आएका छन् । अबको करिब २१ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको उहाँको भनाई छ रहेको छ ।परियारको खुट्टामा लगातारको हिँडाइले ठेला उठेका छन् । तर बाटोमा हिँड्दा भेटिने समर्थकहरूको साथले सबै बिर्सिएर उर्जा दिएको उहाँले बताउनु भयो । पाइलैपिच्छे सेल्फी हान्ने र भिडियो खिच्नेको भीडले थकान मेटिने गरेको अनुभब सुनाउनु भएको छ । परियार पूर्व – पश्चिमको मुख्य सडकमा सेलिब्रेटी बन्नुभएको छ । सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयले २ /३ जना प्रहरी समेत खटाउने गरेको छ ।परियारले दुई पटक गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाइ सक्नु भएको छ । सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उहाँको नाम छ । एक मिनेटमा १ सय २३ पटक जम्प गर्नु भएको थियो । यसअघि भारतीय नागरिकले राखेको १ सय १६ पटकको रेकर्ड उहाँले तोडेका हुन् । त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड उहाँले ५७ पटक गरेर तोड्नुभएको थियो । यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे