राप्ती गाउँपालिकाको गाउँसभाको नवौं अधिवेशन सम्पन्न, उपाध्यक्षको प्रतिवेदन पारित



राप्ती गाउँपालिकाको गाउँसभाको नवौं अधिवेशन सम्पन्न, उपाध्यक्षको प्रतिवेदन पारित

भालुवाङ २७ फागुन । राप्ती गाउँपालिकाको गाउँसभाको नवौं अधिवेशन शुक्रबार देखि सुरू भएको छ । गाउँसभाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको अधिवेशनले गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले प्रस्तुत गरेकाे २०७८÷०७९ को रकमान्तर, संशोधन गर्नुपर्ने योजनाहरू सभाले पारित गरेको छ ।

सभामा विषयगत समितिका संयोजकहरूले गरेका गतिविधिहरू प्रस्तुत गरेका थिए । सो अवसरमा सेवा काल पुरा गरेका कृषि प्रसार अधिकृत महेश अधिकारी र हलुका सवारी चालक गिरप्रसाद चौधरीलाई सम्मान पत्र र दोसल्ला ओढाई विदाई गरिएको थियो ।

भने नवौ अधिबेशनको अवसरमा खुमबहादुर खड्का जिल्ला स्तरिय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने राप्ती गाउँपालिकाको टिमलाई सम्मान गरिएको थियो । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे