दाङ सहित देशभर साँझा ५ बजे देखि नेपाल बन्द खुल्यो



दाङ सहित देशभर साँझा ५ बजे देखि नेपाल बन्द खुल्यो

भालुवाङ १६ फागुन । दाङमा नेपाल बन्द बेलुका ५ बजे खुलेको छ । सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा सहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द अहिले साँझा ५ बजे देखि खुलेको हो । बन्द खुले सँगै दाङ देउखुरीको जनजिवन सामान्य बन्दै जान थालेको छ ।

बन्दका कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, मौरीघाट, सिसहनियाँ, पत्थरगढवा, लमही, गढवा, घोराही, नारायणपुर, तुलसीपुर बजार पुणर्रूपमा बन्द रहेका थिए । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका थिएनन् ।

विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका दर्जनौ सवारीसाधनलाई प्रहरीले स्कटिङ गरि गन्तव्यमा पठाएको थियो । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएका थिए ।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द गरेका थिए ।

बन्दपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य सुरज परियारले कुनै पनि हालतमा अमेरिकी सेनालाई नेपाली भूमी टेक्नै नदिने चेतावनी दिएका छन् । यदि अमेरिकाले जर्वजस्त अमेरिकी सेना नेपाल ल्याउन खोजे त्यस बिरुद्ध युद्धको आधीबेरी ल्याउने बताउनु भयो । उहाँले त्यस युद्धले अमेरिकी सेना रहन्न की त हामी रहन्नौँ भन्ने आक्रमक शैलीमा अमेरिकालाई चेतावनी समेत दिएका छन् ।

साथै उनले एमसीसीको पक्षमा मतदान गरी देश र जनता प्रति गधार गर्ने सांसदहरुलाई सडकमा ल्याएर हातखुट्टा काट्ने चेतावनी दिनुभयो । कोणसभामा राष्ट्रिय जनमोर्चार्का राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल र मगर मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश पुन लगायतका वक्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन दाङ जिल्ला विशेष कमिटी सदस्य अदिप गुरूङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे