मसुरीयामा आज देखि शिवरात्री मेला सुरू, साँस्कृतिक कार्यक्रमलाई प्रेम शर्मा लगायतका कलाकारले मञ्च तताउने



मसुरीयामा आज देखि शिवरात्री मेला सुरू, साँस्कृतिक कार्यक्रमलाई प्रेम शर्मा लगायतका कलाकारले मञ्च तताउने

भालुवाङ १६ फागुन ।  देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा आज देखि  शिवरात्री मेला तथा साँस्कृतिक कार्यक्रम सुरू हुन लागेको छ ।

सम्पुर्ण उपभोक्ताहरुको आव्ह्वान, “परम्परागत संस्कार र संस्कृतीको जगेर्ना गर्ने हाम्रो अभियान“ भन्ने मुल नाराका साथ भद्राक्षी समुह राप्ती गाउँपालिका ३ मसुरीयाको आयोजना र घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनाम राति ८ बजे देखि मेला सञ्चालन हुन लागेकाे हो । 

लुम्बिनी प्रदेशको सुन्दरनगरी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज फागुन १६ गते देखि १८ गते सम्म मेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

मेलामा चर्चित कलाकारहरु प्रेम शर्मा, देवकला बस्नेत, राजेन्द्र चाैधरी, गाैतम चाैधरी लगायत कलाकारकाे बेजाेड प्रस्तुती रहने र स्थानीय कलाकारहरुले समेत मञ्च तताउने कार्यक्रम रहेकाे  मेला संयाेजक सुरेन्द्र भुसालले जानकारी दिएका छन्।

मेलामा ५० वटा स्टल रहने बताइएकाे छ । मेलाबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने आयाेजकले जानकारी दिएकाे छ ।

मेलामा शिव मन्दीरमा पुजा–पाठका लागि सहज तरीकाले भक्तजनहरुलाई दर्शन र पुजाका लागि ब्यवस्थापन गरिने, परम्परागत संस्कार र संकृतीका जगेर्ना  गरिने,  स्थानीय  उत्पादनमा  आधारीत  परिकारहरुको  स्वाद  लिने  सकिने,  मौलिक  लोक  गितहरुमा  नृत्य  प्रतियोगिता, बालबालिकाका लागि खेलौनाहरुको प्रदर्शनी, रास्ट्रिय स्तरको जदुगरको जादुमय प्रस्तुती रहने बताइएकाे छ ।

कार्यक्रमको रेडियो राप्तीले प्रत्यक्ष प्रसारण गर्ने र राप्ती टेलिभिजनले कार्यक्रमको छायांकन गर्ने छ भने देउखुरी टुडे डटकमले प्रत्येक दिनको रिपोटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे