देउखुरीकाे मसुरीयामा चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ



देउखुरीकाे मसुरीयामा चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

भालुवाङ १६ फागुन । देउखुरीमा चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी समावेशी रेडियो राप्ती स्रोता क्लवका सदस्य समेत रहेका मोतीराम भट्टराईको घरबाट चोरीको प्रयास गर्दै गरेको अवस्थामा जाजरकोट घर बताउने ३२ वर्षिय धनबहादुर शाही पक्राउ परेको प्रहरी चौकी मसुरीयाले जानकारी दिएको छ ।

आज विहान करिव ३ बजेको समयमा घरको दोस्रो तल्लाको कोठामा चोरीको प्रयास गरिरहेका बेला घरधनी भट्टराईले चोरलाई समातेर प्रहरी चौकी मसुरीयाको जिम्मा लगाएका छन् । चोरी प्रयास गर्ने व्यक्ति अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे