देउखुरीको बागढड्डीबाट चोरी भएको बाख्रा लालमटियाको जंगलमा फेला



देउखुरीको बागढड्डीबाट चोरी भएको बाख्रा लालमटियाको जंगलमा फेला

भालुवाङ १६ फागुन । दाङ देउखुरीमा चोरी भएको ४ वटा बाख्रा फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बागढड्डी निवासी मिना भण्डारीको घरबाट चोरी भएको ४ ओटा बाख्रा लालमटियाको जंगलमा फेला परेको छ ।

आज राती करिव २ बजेको समयमा घरका मान्छे सुतिरहेको बेला एउटा बाख्री र ३ वटा खसी चोरे पनि बाख्रीलाई केहि पर लगेर छोडेको र अन्य ३ ओटा खसी भने लालमटिया जंगलमा रुखमा बाँधेर भागेकोे प्रहरी चौकी मसुरीयाले जानकारी दिएको छ ।

फेला परेको बाख्रा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा सचिव दामोदर पोख्रेलको रोहवरमा स्थानीयहरुले घरधनीलाई बुझाएका छन् । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे