देउखुरीबाट रेडपाण्डाको छाला सहित रोल्पाका ३ जना पक्राउ



देउखुरीबाट रेडपाण्डाको छाला सहित रोल्पाका ३ जना पक्राउ

दाङ १५ फागुन । प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङमा रोल्पाका तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृती गाउँपालिका ७ घर भएका ३२ बर्षिय रामबहादुर थापा, सोही पालिका वडा नम्बर ३ बस्ने २० बर्षिय रुपक खड्का र सुनछहारी गाउँपालिका ७ घर भएका १९ बर्षिय रामकुमार पुनमगर रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

उनीहरुलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङको प्रहरी टोलीले शुक्रबार बिहान ७ बजे राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ प्युठान सडक खण्डबाट पक्राउ गरीएको प्रहरी उपरिक्षक रिजालले बताए ।

उनीहरुको साथबाट रेडपाण्डाको ५ थान छाला बरामद गरीएको प्रहरीको भनाई छ । पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे