स्रोता क्लवको सामाजिक कार्य, शिवरात्रीको अवसरमा अम्बे श्रीदेवी मन्दिर परिसर सरसफाई



स्रोता क्लवको सामाजिक कार्य, शिवरात्रीको अवसरमा अम्बे श्रीदेवी मन्दिर परिसर सरसफाई

भालुवाङ १४ फागुन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको अम्बे श्रीदेवी मन्दिर परिसर सरसफाई गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा रेडियो राप्ती ९८.४ मेगाहर्जद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको आयोजनामा शनिवार सरसफाई गरिएको हो ।नियमित पुजाआजा तथा नित्य कर्म हुँदै आएको मन्दिरमा मन्दिर व्यवस्थापन समितिले सरसफाईमा ध्यान नदिए पछि बढ्दो फोहोरलाई मोहरमा बदल्न स्रोता क्लवको सक्रियतामा नेपाल प्रहरी, ससत्र प्रहरी, टोल विकास समिति, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका कर्मचारी तथा स्थानीयहरुको उपस्थितीमा सरसफाई गरिएको क्लवका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षता एवम् अम्बे श्रीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ न्यौपानेको प्रमुख आतिथ्यता र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको विशिष्ट आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल, समाजसेवी दामोदर खनाल, आदर्श टोल विकास संस्थाका सचिव नेत्र भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लवका उपाध्यक्ष गिता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए ।यसै बीच शनिवार स्रोता क्लवको बैठक समेत बसेको छ । क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षतामा बसेको बैठकले घर घरमा रेडियो राप्ती भन्ने मुल नारा राखेर वडा स्तरमा समेत स्रोता क्लव गठन गर्ने निणर्य गरेको छ ।

रेडियो सुन्ने स्रोताहरको संख्या वृद्धि गर्न वडा स्तरीय स्रोता क्लव गठन गर्ने निणर्य गरेको हो । जस अनुसार फागुन २३ गते वडा नम्बर ९ को देवीकोटमा क्लव गठन गर्ने निणर्य गरिएको क्लवका सचिव नवीन गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे