एमाले सांसद मोहन बानियाँ विरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी



एमाले सांसद मोहन बानियाँ विरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी

काठमाण्डाै ४ फागुन । प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँ  विरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।

ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले  बताए । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर खोजी भइरहेको पनि उनले बताए ।

पक्राउ पुर्जी जारी भएको बारेमा संसद् सचिवालय र सभामुखलाई पनि जानकारी गराइसकिएको डीएसपी न्यौपानेले बताए । नेकपा एमालेबाट निर्वाचित सांसद बानियाँ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन मन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे