एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिकदलद्वारा (भाेली) बुधबार नेपाल बन्द (प्रेस विज्ञप्ती सहित)



एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिकदलद्वारा (भाेली) बुधबार नेपाल बन्द (प्रेस विज्ञप्ती सहित)

भालुवाङ ३ फागुन । एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए ।

एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको विज्ञेप्तीमा उल्लेख गरिएको छ । एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनिएको छ । राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरिएको छ ।

यसताे छ, प्रेस विज्ञप्ती 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे