आज २७ औँ जनयुद्ध दिवस : छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान



आज २७ औँ जनयुद्ध दिवस : छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान

काठमाण्डाै १ फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

२७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देशमार्फत प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताका मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध पनि गरेका छन् ।

वक्तव्यमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा बदनाम गर्न लागिपरेको समेत उल्लेख छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे