देउखुरी क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउने



देउखुरी क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउने

भालुवाङ २९ माघ । लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन लागेको हो ।

लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ । सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए ।

राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए । कोरोना संक्रमण कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउन लागेको उनले बताए । सरकारले घोषणा गरेको पदक वितरण तथा सिमित संख्याको उपस्थितीमा थोरै व्यक्तिबीच दिवस मनाइने छ । यसपालि स्थानीय तहलाई बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे