जनयुद्ध दिवसको पूर्वसन्ध्यामा भालुवाङको कृष्णसेन इच्छुकको सालिकमा दीप प्रज्जवलन



जनयुद्ध दिवसको पूर्वसन्ध्यामा भालुवाङको कृष्णसेन इच्छुकको सालिकमा दीप प्रज्जवलन

भालुवाङ २९ माघ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २७ औँ जनयुद्ध दिवसको पूर्व सन्ध्यामा शनिबार बेलुका देउखुरीको भालुवाङमा निर्माण गरिएको सहिद कृष्णसेन इच्छुकको सालिकमा दीप प्रज्जवलन गरिएको छ ।

वि.सं. २०५१ साल फागुन १ गते देखि तत्कालिन नेकपा माओवादीले शुरु गरेको जनयुद्धको सम्झनामा प्रत्येक बर्ष नेकपा माओवादी केन्द्रले देशैभर फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।

सोही जनयुद्धको सम्झना तथा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २७ औँ जनयुद्ध दिवसको पूर्व सन्ध्यामा सहिद कृष्णसेन इच्छुकको सालिकमा मैनबत्ती बालेर दीप प्रज्जवलन गरेको हो ।

दीप प्रज्जवलन कार्यक्रमलाई सम्बोधन गदै पार्टीका राप्ती गाउँपालिका कमिटीका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार धर्मराज अधिकारी एवम् पार्टीका वर्तमान राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरीले सरकारले जनयुद्धका घाइते र सहिदहरु प्रति कुनै मतलब नगरेको बताउँदै जनयुद्धका क्रममा बेपत्ता बनाईएकालाई तत्काल सार्वजनिक गर्न माग समेत गरे । उनीहरुले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने बताए । यदि एमसीसी पास गरिए जनयुद्धका सम्पूणर् उपलब्धी गुम्ने बताए । साथै उनीहरुले अब देशभर एमसीसीका बिरुद्ध आन्दोलन गर्नुपर्ने समेत बताएका थिए ।

दीप प्रज्जवलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव तुला गिरीले गरेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले फागुन १ गते आईतबार बिहान ११ बजे पार्टी कार्यालय मसुरियामा भव्य कार्यक्रम गरी २७ औँ जनयुद्ध दिवस मनाउने भएको छ । सो अवसरमा बिहान १० बजे सहिद कृष्णसेन इच्छुकको सालिकमा मल्यार्पण गर्ने कायृक्रम समेत रहेको पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे