शंकर सामुदायिक वनको अध्यक्षमा पुन : मल्ल



शंकर सामुदायिक वनको अध्यक्षमा पुन : मल्ल

सिसहनियाँ २९ माघ । शंकर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन तुलाध्वज मल्ल चयन भएका छन् । शनिवार राप्ती गाउँपालिका ८ पिपरीमा भएको २३ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले अध्यक्षमा पुन मल्ललाई सर्वसहमतीले चयन गरेको हो ।

१३ सदस्य नव गठित समितिको उपाध्यक्षमा शान्ता चौधरी, सचिवमा सिता चौधरी र कोषाध्यक्षमा इमानसिंह कार्की रहेका छन् । भने अन्य सदस्यमा रहेका छन् ।
समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् राप्ती सव डिभिजन कार्यालयका फरेष्टर दामोदर डाँगीको प्रमुख आतिथ्यतमा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन पुरन चौधरी र आर्थिक प्रतिवेदन सिता चौधरीले प्रस्तुत गरेकी थिइन् ।

समुहका सचिव तारा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य विष्णु गुरुङ, समुहका लेखा समिति संयोजक रामप्रसाद चौधरी र उपभोक्ता शम्शेर केसी लगायतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक हर्कबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे