भालुवाङ पुल्चोक बजारको फोहाेर व्यवस्थापनको समस्या टुंगियो



भालुवाङ पुल्चोक बजारको फोहाेर व्यवस्थापनको समस्या टुंगियो

भालुवाङ २९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न सरोकारवालाहरूले चासो देखाएका छन् । भालुवाङ क्षेत्रका होटल व्यवसायी, व्यापारी र स्थानीयहरुले बजार क्षेत्रका फोहोर जथाभावी पसल अगाडी, सडक छेउ र राप्ती नदीमा फाल्ने क्रम नरोकिएले बजार क्षेत्र र राप्ती नदी दुर्घन्धित हुँदै जान थालेपछि सरोकारवालाहरुले फोहोर व्यवस्थापनका विषयमा चासो देखाएका हुन् ।

यसै बीच शनिवार राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको फोहोरमैला व्यवस्थापनमा सरोवालाहरु सँगको अन्तरक्रिया कार्यक्रमले फोहर व्यवस्थापनको टुंगो लगाएको छ । संघका अध्यक्ष सुरज खड्को अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमले भालुवाङ पुल्चोक बजारबाट निश्कने फोहोर व्यवस्थापनका लागि पहल समिति गठन गरेर काम अगाडी बढाइने निर्णय गरेको छ ।

गठित समितिको संयोजकमा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का र सदस्यहरुमा भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, रामजहदी सामुदायिक वन उपभोक्ता समिति भालुवाङका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, नमुना बजार टोल विकास संस्थाका ऋषिराम बस्नेत, स्वर्गद्धारी बजार व्यवस्थापन समितिका गिरबहादुर गिरी र नयाँ बजार व्यवस्थापन समितिका भुमि गुरुङ रहेका छन् ।

साथै कार्यक्रमले फोहर व्यवस्थापन, अध्ययन तथा सञ्चालनका लागि गाउँपालिका र वडा कार्यालय सँग आर्थिक व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको संघका सचिव भरतमणी न्यौपानेले जानकारी दिएका छन् । सो अवसरमा भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, रामजहदी सामुदायिक वन उपभोक्ता समिति भालुवाङका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, पुर्व उपाध्यक्ष रामबहादुर सुनार, पुर्व सचिव टोपबहादुर झार्की, पत्रकार महेश रिजाल, संस्थापक कार्यालय प्रमुख सन्तोषकुमार योगी, संघका सदस्य कृष्णराज पौडेल, पुर्व सदस्य विक्रम पाण्डे, स्थानीय ज्ञानु गौचन, निर्मला रोका लगायतले आ– आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए । कार्यक्रममा जनप्रतिनीधि, उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकाय, पत्रकार, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो । यसअघि लामो समय सम्म भालुवाङ बजार क्षेत्रको फोहोर व्यवस्थापनको समस्यालाई दीर्घकालीन रूपमा समाधान खोज्नका लागि पटक—पटक भेला, आमभेला पनि भए । तर समस्या ज्युँका त्युँ रहे ।

राप्ती गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुुक्त स्थान दिने वडा तथा सामुदायिक बनलाई गाउँपालिकाको वार्षिक बजेटबाट थप २५ लाख रकम सहित अन्य सेवा सुविधाका साथै त्यस वडा या सामुदायिक वनका उपभोक्ताहरु बसोबास रहेको क्षेत्रमा अन्य भौतिक बिकाशमा जोडदिने छुट्टै सुनौलो योजना पनि नल्याएको होइन । तर पनि समस्याको निकास निस्किएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे