गढवाको चिसापानीमा भारतीय जन्ती बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २२ जना घाइते, ३ जनाको अवस्था गम्भीर



गढवाको चिसापानीमा भारतीय जन्ती बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २२ जना घाइते, ३ जनाको अवस्था गम्भीर

भालुवाङ २८ माघ । दाङको देउखुरीमा भारतीय जन्ती बोकेको पिकअप भ्यान दुर्घटना भएको छ । भारतबाट दुलही लिन दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । तीन जनाको अवस्था भने गम्भीर छ ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउदै गरेको पिक अप भ्यान शुक्रबार साँझ ७ बजे तिर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । घटनाको बिस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे