गढवा गाउँपालिका १ नम्बर वडाध्यक्षमा एमालेबाट पुन : अधिकारीकाे उम्मेदवारमा दाबेदार



गढवा गाउँपालिका १ नम्बर वडाध्यक्षमा एमालेबाट पुन : अधिकारीकाे उम्मेदवारमा दाबेदार

देउखुरी २८ माघ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बावुराम अधिकारीले पार्टीले जिम्मेवारी दिए पुनः वडाध्यक्षमा आफ्नो दाबेदारी रहेको बताएका छनं । सञ्चारकर्मी कुराकानी गर्दै, वडाध्यक्ष अधिकारीले यस्तो बताए ।

उनले भने, मलाई पार्टीले जिम्मेवारी दिए र स्थानीय वडाबासीहरुबाट भरपुर सहयोग पाए पुन ः वडाध्यक्षमा मेरो दाबेदारी रहेको छ । गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बावुराम अधिकारी गाउँपालिकाको प्रवक्ता पनि हुन् ।

उहाँले २०७४ को चुनावमा (नेकपा) एमालेको तर्फबाट भारी मतले बिजयी भएका थिए । वडाध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा वडाका विभिन्न स्थानमा जनताको मन जित्ने गरि नमुना काम गरेको जानकारी दिए ।

उनले भने, म गढवा गाउँपालिका (नेकपा) एमाले पार्टीको पालिका अध्यक्ष र एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो अनि, पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि गढवा गाउँपालिका वडा नम्बर १ र पालिकामा हामी जित्ने गरेर तयारी अवस्थामा छौँ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे