तुलसीपुरको चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु, एक दिन तुलसीपुर बजार बन्द



तुलसीपुरको चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु, एक दिन तुलसीपुर बजार बन्द

तुलसीपुर २८ माघ । तुलसीपुरको उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुलेको छ । चार जना बालबालिका रहेका छन ।

मृत्यु हुनेमा तुल्सिपुर उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष १४ कि साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ का हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि, ६ वर्षका आबिददीन अलि रहेका छन् । विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ ।

यता दाङको तुलसीपुरमा ५ जनाको ज्यान जानेगरी भएको आगालगी घटनाको शोकमा तुलसीपुर चेम्बर अफ कमर्सले एकदिन बजार बन्द गर्ने निर्णय गरेको छ ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा आज तुलसीपुर चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले घटना प्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित सोक सन्तप्ब्ध परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

साथै बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र संघिय सरकार संग माग गरेको चेम्बरका सचिव ऋषीराज भण्डारीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागि हुँदा पाँच जनाको मृत्यु भएको छ भने करोडौको क्षेति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे