तुलसीपुर उपमहानगरको दशौँ नगरसभा सुरु, नेपालकै उत्कृष्ट उपमहानगर बनाएका छौ: पाण्डे



तुलसीपुर उपमहानगरको दशौँ नगरसभा सुरु, नेपालकै उत्कृष्ट उपमहानगर बनाएका छौ: पाण्डे

तुलसीपुर  २८ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले झन्डै पाँच बर्षको अवधीमा नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाको १० औं नगर सभाको प्रथम बैठकलाई सम्वोधन गर्दै यस्तो बताउनुभयो । उनले बितेको झन्डै पाँच वर्ष उपलब्धीमुलक भएको दावी गरे ।

आफुहरु अन्तिम आर्थिक वर्षमा रहेको र अहिले सम्म सफलता पुर्वक कामहरु सम्पन भएको उहाले बताए । यहाँ सम्म आईपुग्दा आफुहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै उनले आफनो कार्यकाल निकै उपलब्धी मुलक भएको बताए ।

आफुहरुकै पालामा तुलसीपुर उपमहानगरपालिका नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको उनको भनाई छ । जनप्रतिनिधि नहुदा र जनप्रतिनिधि आईसकेपछि तुलसीपुरको विकासले धेरै फड्को मारेको उहाले बताए ।

समृद्ध तुलसीपुर ,सवैका लागी ,सधैका लागी भन्ने नाराका साथ शहर देखी ग्रामिण भेग सम्म सडक,विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, खानेपानी,खेलकुद लगाएतका थुप्रै महत्वपुर्ण विकास निर्माण भएको उहाले बताए ।

तुलसीपुरलाई शिक्षाको हवका रुपमा विकास गर्नका लागी बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हबका रुपमा मेट्रो अस्पताल संचालन गर्न सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे