दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठन–पाठन सञ्चालन हुने



दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठन–पाठन सञ्चालन हुने

देउखुरी २८ माघ । दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठन–पाठन सञ्चालन हुने भएको छ । कोभिड शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले १२ बर्ष पूरा भएका बिदयार्थीको हकमा भने नियमित कक्षा सन्चालन गर्ने निर्देशन दिएको छ ।

तर १२ बर्ष पुरा नभएका विदार्थीहरुको हकमा भने आलोपालो गरेर कक्षा सञ्चालन गर्न समेत आदेश दीएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

होटेल, रेष्टुरेन्ट, डान्सबारलगायत रात्रीकालीन व्यबसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल आदी जनस्वास्थ्य तथा स्वास्थ्य मापदण्ड पालन गरी राति ९ बजे सम्म पनि सञ्चालनकोे अनुमति दिएको उनले जानकारी दिए ।

बिभिन्न खेलकूदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरि सञ्चालन गर्न र पार्टी प्यालेसहरु पनि बढिमा ५० प्रतिशत वा १०० जनामा नबढ्ने गरि सञ्चलालन गर्न, अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे