छतबाट खसेर सर्वोदय मावि सिसहनियाँका सहायक प्रअ पोख्रेलको मृत्यु



छतबाट खसेर सर्वोदय मावि सिसहनियाँका सहायक प्रअ पोख्रेलको मृत्यु

सिसहनियाँ २७ माघ । दाङ देउखुरीका एक सहायक प्रधानाध्यापकको होटलको छतबाट खसेर मृत्यु भएको छ ।

सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका सहायक प्रधानाध्यापक राप्ती गाउँपालिका वडा नम्बर ३ बाघढढ्डी निवासी ४९ वर्षिय रेशमराज पोख्रेलको काठमाण्डौं बालाजु स्थित नेपाल भ्यु होटलको ५ तल्ला भवनबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विवाहमा गएका पोख्रेल बुधवार राती २ बजे होटलको छतबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते पोख्रेलको काठमाण्डौं बीर अस्पतालमा उपचारका क्रममा बिहिवार विहान ८ बजे मृत्यु भएको हो ।

अत्यन्त सहयोगी, मिलनसार, शालिन स्वभावका पोख्रेलको निधन प्रति विद्यालय परिवारले दुख व्यक्त गरेको छ । प्रधानाध्यापक गोविन्द केसीले एक असल शिक्षक गुमाएको बताउँदै मृतक पोख्रेलको आत्माले शान्ति पावस भन्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे