दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ४ लाख बढी



दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ४ लाख बढी

दाङ २७ माघ । दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ४ लाख भन्दा धेरै पुगेको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले यही माघ २४ गतेसम्म संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको कुल संख्या चार लाख १४ हजार नौ सय ७० पुगेको जनाएको छ ।

१६ वर्ष उमेर पूरा भई नागरिकता लिएका दुई लाख ११ हजार नौ सय ५४ जना महिला, दुई लाख ३० हजार १४ जना पुरुष र दुईजना तेस्रो लिंगी गरी चार लाख १४ हजार नौ सय ७० जना मतदाता भएका छन् । स्थानिय तहको चुनावको मिती घोषणा भएसँगै निर्वाचन आयोगको निर्देशन अनुसार प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले चुनावी तयारीलाई तिव्र बनाउदै लगेको छ ।

निर्वाचन आयोगले निर्वाचन हुनुुभन्दा कम्तिमा ९० दिन अघि निर्वाचन मिति घोषणा गर्न सरकारलाई बारम्बार दवाव दिईरहेका बेला मंगलबार मात्रै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय भयो । यपछि निर्वाचन आयोग र त्यस मातहतका कार्यालयले आन्तरिक तयारी शुुरु गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे