हर्षेडाँडा पार्क संरक्षणमा युवाहरूको संक्रियता, सेल्फी स्पोर्ट युवतीहरूको रोजाई बन्दै



हर्षेडाँडा पार्क संरक्षणमा युवाहरूको संक्रियता, सेल्फी स्पोर्ट युवतीहरूको रोजाई बन्दै

लालमटिया २६ माघ । दाङ देउखुरीको हर्षेडाँडा पार्क संरक्षणमा युवाहरू जुटेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित कालिका सामुदायिक वन क्षेत्रमा रहेको हर्षेडाँडा पार्कलाई थप व्यवस्थित बनाउन युवाहरू संक्रिय रूपमा जुटेका हुन् ।युवा अभियान्ता आशिष न्यौपाने र हेमराज अधिकारीको नेतृत्वमा युवाहरूको टोलीले त्यहाँ रहेको कालिका मन्दिर, प्रवेशद्वारा रंगरोगनका साथै तालको छेउमा सेल्फी स्पोर्ट समेत बनाएका छन् । पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले चासो नदेखाए पछि सामुदायिक वनको सहकार्यमा युवाहरू संक्रियरूपमा लागेका हुन् ।पछिल्लो समय हर्षेडाँडा पार्क पर्यटकीयहरूको आकर्षणको केन्द्र विन्दु समेत बन्न लागेको छ । भने पार्कमा निर्माण गरिएको सेल्फी स्पोर्टले स्थानीय युवा युवतीहरूकोलाई समेत आकर्षित बनाएको छ । त्यहाँ रहेको तालमा डुंगा सञ्चालन गर्ने तयारी समेत गरिएको छ ।
विक संम्वत २०५५ असार २५ गते स्थापना भएको कालिका सामुदायिक वन यिनै कारणले जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा समेत परिचित रहेको छ । सामुदायिकलाई रमणीय र सुन्दर बनाउने लक्ष्यका साथ काम भइरहेको सामुदायिकका अध्यक्ष पहलवान चौधरी( अनुप) को भनाई रहेको छ ।सामुदायिक वनमा रहेको कालिकादेवी मन्दिरमा आजभोलि दैनिक पुजापाठ समेत हुने गरेको छ । त्यहाँ पुजापाठ गरेर भाकल गरे आफुले मागेको कुरा पुरा हुने धार्मिक विश्वास समेत रहेको सामुदायिक वनका उपाध्यक्ष वेदुलाल सुवेदीको भनाई रहेको छ । उचित प्रचार प्रसार र संरक्षणको अभावमा पछाडि परेको धार्मिक तथा पर्यटकीय स्थलको थप विकासका लागि स्थानीय सरकार र सरोकारवालाहरूको ध्यान जान जरूरी छ । कतिपय यस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रचारप्रसार नहुँदा त्यसको मौलिकता र पहिचान समेत हराउन थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे