दाङमा थप २ जनामा कोरोना पुष्टि, १९ जना निको १ जनाको मृत्यु



दाङमा थप २ जनामा कोरोना पुष्टि, १९ जना निको १ जनाको मृत्यु

दाङ २७ माघ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाकोे एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १÷१ जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका ९ जना, तुलसीपुर र दंगीशरणका ४÷४ जना, राजपुर र जिल्ला बाहिरका १÷१ जना रहेका केन्द्रले जनाएको छ । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १०२ रहेको छ । त्यसमध्य घरमा ९७ जना, सामान्य उपचारमा र आईसियूमा ३÷३ जना रहेका केन्द्रले जनाएको छ ।

यता दाङमा आज एक जना कारोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६० वर्षिय पुरुष रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । उनीलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ती पुरुषको आज विहान ७ः४० को समयमा मृत्यु भएको केन्दले जनाएको छ । यस्तै दाङमा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे