लालमटियामा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा २ जना घाइते



लालमटियामा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा २ जना घाइते

लालमटिया २७ माघ । देउखुरीमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । राप्ती गाउँपालिका २ लालमटियामा बिहिवार बेलुका सवा ५ बजेको समयमा घोराही देखि प्युठान जाँदै गरेको रा ५ प १३५२ नम्बरको मोटरसाइकल र सडक क्रस गरिरहेको साइकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

दुर्घटनामा परि साइकल चालक राप्ती गाउँपालिका २ कठाहा निवासी ४७ वर्षिय हिरम चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको टाउँको र खुट्टामा गहिरो चोट लागेको छ । घाइते चौधरीलाई लालमटिया स्थित शिवजी फार्मेसीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

भने मोटरसाइकल पछाडि सवार माण्डवी गाउँपालिका ४ प्युठान निवासी २१ वर्षिया सुनिता परियार पनि घाइते भएकी छिन् । घाइते परियारको खुट्टामा गहिरो चोट लागेको छ । उनको सुवणर् मेडिकलहल लालमटियामा उपचार गरिएको समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे