एसईई परीक्षा वैशाख ९ गते देखि २० गते सम्म हुने



एसईई परीक्षा वैशाख ९ गते देखि २० गते सम्म हुने

काठमाण्डाै २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गते देखि २० गते सम्म हुने भएको छ ।  बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो । स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे