मेडिकल मापदण्ड विपरित सञ्चालन भएको भन्दै लमहीको कृपा मेडिकल शिल



मेडिकल मापदण्ड विपरित सञ्चालन भएको भन्दै लमहीको कृपा मेडिकल शिल

लमही २६ माघ । लमहीको कृपा पोलिक्लिनिक एन्ड मेडिकल हल शिल भएको छ । औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगञ्जले अनुगमन गर्दा मेडिकल मापदण्ड विपरीत सञ्चालन भएको पाइएपछि शिल गर्नु परेको नेपाल औषधी व्यवस्था बिभाग शाखा कार्यालय नेपालगञ्जका अधिकृत धनेश्वर बोहोराले जानकारी दिए ।

मेडिकलले औषधी ब्यवस्था विभागको मापदण्ड विपरित मानसिक रोगका बिरामीहरुका लागि मानसिक रोगका चिकित्सक विना गैर कानूनीरुपमा औषधी विक्री वितरण गर्ने गरेको, मेडिकलमा फार्मेसी पढेका व्यक्ति नभई अन्य व्यक्तिद्धारा औषधी बितरण गर्ने गरेको र कतिपय अवस्थामा लागुपदार्थका औषधीको समेत विक्री बितरण गर्दै आएको गोप्य सुचनाको आधारमा अनुसन्धान गरिएको बताइएको छ ।

अनुसन्धानको क्रममा मेडिकलमा औषधी व्यवस्था विभागको मापदण्ड विपरित संचालनमा आएको पाइएकोले मेडिकललाई अनिश्चितकालका लागि शिल गरिएको अधिकृत बोहराले बताए । साथै मेडिकलले कुन औषधी कहाँबाट कति आयो कति बिक्री भयो, कति बाँकी छ भन्ने सम्मको कुनै अभिलेखिकरण नभएको अनुगमनका क्रममा भेटिएकोले शिल गरिएको बताइएको छ ।

क्षेत्रिय कार्यालय नेपालञ्जले उक्त प्रतिबेदन केन्द्रिय औषधी बिभागमा पठाउने तयारी गरेको पनि क्षेत्रिय कार्यालय नेपालगञ्जले जनाएको छ । मेडिकलले गरेको ज्यादती उपर क्षेत्रिय कार्यालय नेपालगंजमा परेको लिखित र मौखिक गोप्य सुचनाको आधारमा अनुगमन गर्दा सो कुरा पाईएको अनुगमनमा आएका अधिकृत बोहोराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे