जुम्लामा हिउँमा फसेका ३४ जनाकाे उद्धार



जुम्लामा हिउँमा फसेका ३४ जनाकाे उद्धार

जुम्ला १६ माघ । हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जनाकाे पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयवासीकाे समन्वयमा हिउँमा फसेकाहरूकाे हिजाे बुधवार उद्धार गरिएकाे हाे ।

गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए ।

गएकाे माघ २३ गते उनीहरूकाे उद्धार गर्न स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हेलिकप्टर पठाइएको थियो । तर बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न खसालेर हेलिकप्टर फर्किएकाे थियाे ।

यसैबीच हिजाे सुरक्षा निकाय, प्रशासन, गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनाकाे उद्धार गरिएकाे हाे । साथै पाटनमा रहेका सयाैँ भेडाकाे पनि उद्धार गरिएकाे प्रशासन कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे