दाङमा मंगलवार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना निको



दाङमा मंगलवार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना निको

दाङ २५ माघ । दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० जनाको पिसिआर परिक्षणबाट १३ जना र ३५ जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ९ तुलसीपुर २, राप्तीका ३ लमहि र दंगिशरणका १÷१ र जिल्ला बाहिरका ३ जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका ६० जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका २६ जना, तुलसीपुरका १० जना, राप्तीका ८ जना, दंगीशरणका ४ जना, गढवाका ५, शान्तीनगरका ३ जना, लमहीका १ जना र अन्य जिल्लाका २ जना रहेका केन्द्रले जनाएको छ ।

आज थपिएका १९ जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १७४ रहेको छ । त्यसमध्य घरमा १६७ जना, सामान्य उपचारमा ३ जना र आईसियूमा ४ जना रहेका केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे