कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा (प्रेस विज्ञप्ती सहित)



कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा (प्रेस विज्ञप्ती सहित)

काठमाडाैँ २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बाेल्दै उनले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएकाे दाबी गर्दै त्याे राम्रो नभएको बताए । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताए ।

गएकाे मङ्सिरमा भएकाे अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे