प्रेम दिवसका दिन चेम्बरले राप्ती गाउँपालिकामा रक्तदान कार्यक्रम गर्ने



प्रेम दिवसका दिन चेम्बरले राप्ती गाउँपालिकामा रक्तदान कार्यक्रम गर्ने

भालुवाङ २५ माघ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम गर्ने भएको छ । प्रेम दिवसको दिन पारेर फागुन २ गते राप्ती गाउँपालिकाको सहयोगमा गाउँपालिकाको कार्यालय मसुरीयामा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे (मनु)को अध्यक्षमा बसेको बैठकले सो निर्णय गरेको हो । त्यसै गरी बैठकले चेम्बरको कार्यालय स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तयार पार्न लागेको डिपिआरको जग्गा उपलब्ध गराइदिन राप्ती गाउँपालिका मार्फत प्रदेश सरकार सँग माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा चेम्बरका सचिव बसन्तबहादुर कुवर क्षेत्री, सदस्यहरु युद्धबहादुर भुसाल, सियाराम चौधरी, खेमराज अर्याल र प्रेस सल्लाहाकार ओमप्रकाश गुप्ताको सहभागिता रहेको थियो । बैठकको सहजीकरण महासचिव शेषकान्त आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे