राष्ट्रघाती एमसीसी विरुद्ध नागरिक समाज तातियो, भालुवाङमा विरोध प्रदर्शन



राष्ट्रघाती एमसीसी विरुद्ध नागरिक समाज तातियो, भालुवाङमा विरोध प्रदर्शन

भालुवाङ २५ माघ । नागरिक समाज राप्तीले मंगलवार राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा एमसीसी विरूद्व विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका संयोजक पुरूषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले कुनैपनि हालतमा एमसीसी नेपालमा भित्राउन दिन नहुने बताएका छन् । उनीहरूले एमसीसी भित्रिए अमेरिकी सेनाले सत्ता कब्जा गर्ने बताएका थिए ।कार्यक्रममा नेकपा एकिकृत समाजवादी राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचन, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सुरज परियार, आशाका किरण संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासे, पत्रकार जमिर शाहा लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । समाजका सदस्य बासुदेव न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे