देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सी देखि पूर्ण बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना



देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सी देखि पूर्ण बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ २४ माघ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ । अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ । उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ । बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे