नेपालमा साेमबार थप ५ हजार २९२ जनामा काेराेना पुष्टि, ८ हजार १९१ जना निको
काठमाण्डाै १७ माघ । लगातार तेस्रो दिन आज साेमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् ।
निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।
अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । थपिएका आठ जनासँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।
यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ‘बुस्टर’ मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।