दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने, दाङ प्रशासनद्धारा स्मार्ट लकडाउन थप



दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने, दाङ प्रशासनद्धारा स्मार्ट लकडाउन थप

दाङ १७ माघ । दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने भएका छन् । कोभिड–१९ संकट व्यबस्थापन समन्वय केन्द्रको निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा कुनै पनि शैशिक्षक क्रियाकलाप नगर्न भनेको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालीम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न नपाईने दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । उनका नुसार विद्यालयमा खोप कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने भएको छ ।

त्यस्तै यो अबधीमा सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्य नगर्न समेत सूचना जारी गरेको छ ।

विद्यालय कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, बैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षा भने सरकारको आदेश बमोजिम गर्न समेत निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे