दाङमा साेमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना संक्रमणमुुक्त



दाङमा साेमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना  संक्रमणमुुक्त

दाङ १७ माघ । दाङमा साेमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट ११ जना र विभिन्न पालिकामा ८० जनाको एन्टीजेन परिक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोमबार थपिनेमा घोराहीका १३ जना, तुलसीपुरका ११ जना, दंगीशरणका ४ जना, गढवाका ३ जना, लमहीका २ जना, राप्तीका ७ जना, शान्तिनगरका २ जना, जिल्ला बाहिरका ३ जना र राजपुरका १ जनामा कोरोना देखिएको हो ।

यसैबिच सोमबार ४२ जना कोरोना मुुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २८, दंगीशरणका ८, तुलसीपुर र लमहीका २/२ जना, राजपुर र बंगलाचुलीका १/१ जना रहेका छन् ।

जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ३ सय ६७ पुगेकोे छ । जसमध्य ३ सय ५९ जना होम आइसोलेसनमा, ५ जना आईसीयुमा र ३ जना अक्सिजनसहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे