नेपाली कांग्रेस राप्तीले संगठन विस्तार तथा सदस्यता बृद्धिको कामलाई अगाडि बढाउने



नेपाली कांग्रेस राप्तीले संगठन विस्तार तथा सदस्यता बृद्धिको कामलाई अगाडि बढाउने

भालुवाङ १६ माघ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको १४ औं महाधिबेसन पछिको चौथो पालिका बैठक पार्टी कार्यालय मौरीघाटमा सम्पन्न भएको छ ।

पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षतामा आइतवार बसेको बैठकले आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठन विस्तार तथा सदस्यता बृद्धिको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

उपसभापति श्यामा रावतको स्वागत तथा शहिदहरुको सम्झनामा मौन धारण गरि सुरु गरिएको पालिका बैठकले वडा नम्बर १ का टिका पुन, वडा नम्बर ६ का धर्म उप्रेती र वडा नम्बर ७ का पवन जिसीलाई पालिका सदस्यमा सर्बसम्मत मनोनित गरेको छ ।

बैठकले नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्यद्धय वडा नम्बर ८ पिपरी बुद्धनगरकी स्वर्गिय काली परियार र वडा नम्बर १ पाखापानीका स्वर्गिय टिका पोख्रेलको असामयिक निधन प्रति दुख ब्यक्त गर्दै सर्बसम्मत शोक प्रस्ताव पास गरेको छ ।

कोभिडको संक्रमणबाट सुरक्षित रहदै टोल कमिटी गठन तथा सदस्यता वितरण कार्यलाई अघि बढाउने उपायका बारेमा सचिव तिर्थराज ज्ञवाली, वडा सभापति पदम पुन, युवराज भुसाल, श्रीधर खत्रीले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे