लिटिल एन्जल स्कुलद्वारा स्वर्गीय पाैडेलको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न



लिटिल एन्जल स्कुलद्वारा स्वर्गीय पाैडेलको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

भालुवाङ १६ माघ । लिटिल एन्जल स्कुल राप्ती गाउँपालिका १ भालुवाङले आइतबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका शेयर सदस्य ऋषि पौडेलकी ममतामय माता तिलकादेवी पौडेलको माघ १२ गते ७४ बर्षको उमेरमा भएको दुखद निधन भएको पाँचौ दिनका दिन पौडेल निवास राप्ती गाउँपालिका १ पाखापानी पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ ।

सञ्चालक समितीका अध्यक्ष  जगत पोख्रेलको नेतृत्वमा सञ्चालक समितीका पद्धाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक सहित गएको टोलीले पौडेल निवासमा पुगेर स्वर्गीय तिलकादेवी पौडेलको संमवेदना सहितको ब्यानर झुण्डाएर श्रद्धाञ्जली अर्पण गरेको हो ।

श्रद्धाञ्जली अर्पण गर्दै सञ्चालक समितिका अध्यक्ष जगत पोख्रेलले स्वर्गीय तिलकादेवी पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले स्वर्गीय पौडेलको मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो संमवेदना प्रकट गरे ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगत पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थापा, विद्यालयका प्रबन्ध निर्देशक शोभाखर भुसाल, सञ्चालक समिति सदस्यहरू होमप्रसाद शर्मा, ऋषिराम आचार्य, कृष्णप्रसाद सुवेदी, शेयर सदस्य माधव बेल्वासे र लेखापाल अर्जुन केसी  लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे