राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने



राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

घोराही १४ माघ । पर्सी आइतबारदेखी राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तरगत चोरखोलादेखि कपुरकोटसम्मको साघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिएका छन् ।

पर्सिदेखी २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले जानकारी दिए । उक्त सडक स्तरोन्नतीकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ । साथै अत्याआवश्यक एकतर्फी सवारी साधनका लागी पैयाँखोर-कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने इन्जिनियर महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे