लुम्बिनी प्रदेशको गठबन्धन केन्द्रको निर्णय अनुसार अघि बढ्छ : मुख्यमन्त्री केसी



लुम्बिनी प्रदेशको गठबन्धन केन्द्रको निर्णय अनुसार अघि बढ्छ : मुख्यमन्त्री केसी

राेल्पा १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् । शुक्रबार राेल्पामा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारेका हुन् ।

“केन्द्रमा गठबन्धन बन्नु अघि नै लुम्बिनीले त्यसको सुरु आत गरेको हो,” उनले भने । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो । नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृह जिल्ला रोल्पा पुगेका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका वडा नम्बर ७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे